ट्राफिक प्रहरी कन्ट्रोल : १०३
नेपा
EN
वैशाख २०८१
वैशाख २४ गते, मध्यान्ह १२:०० बजेको, ट्राफिक अपडेट
२०८१-०१-२४

काठमाडौँ उपत्यकाका मुख्य-मुख्य चोकहरूमा यतिबेला सवारी साधन केही समय रोकिनु पर्ने अवस्था छ । कोटेश्वर, नयाँबानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी, केशरमहल, लैनचौर, सोह्रखुट्टे, बालाजु, नारायणगोपालचोक, चावहिल, गौशाला ग्वार्को , सातदोबाटो लगायतका चोकहरूमा सवारी साधन केही समय रोकिनु पर्ने अवस्था रहेको हो । फर्पिङ नाका भएर दक्षिणकाली-सिस्नेरी सडकखण्ड हुँदै चल्ने सवारी साधनको आवागमन आज पनि  प्रभावित भएको छ । सडक मर्मत तथा विस्तारका कारण उक्त सडक खण्डमा सवारी आवागमन प्रभावित भएको हो । यस्तै, फाखेल-हुमाने सडक खण्डमा भने सवारी साधन एकतर्फी सञ्चालन गरिएको छ । हेटौडाबाट कुलेखानी, फाखेल, हुमाने भञ्ज्याङ भएर फर्पिङ आउन सकिने छ भने काठमाडौँबाट थानकोट, चित्लाङ, मार्खु भएर कुलेखानी हुँदै हेडौँडा जान  सकिने ट्राफिक कन्ट्रोल रुमले जनाएको छ  ।